June 22, 2020

मन्त्री फेरेर सरकार टिकाउने खेल

सत्तारुढ दलभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने कि नगर्ने भन्ने विवाद बढ्नुमा सरकारले पार्टीको सहमति विना सरकारी नियुक्ति हुनुलाई मानिएको छ। त्यसैगरी सरकारका राम्रा काममा समेत अपनत्व ग्रहण गर्न नसक्नु, सरकारका निर्णय विवादित हुनु जस्ता कारणले पार्टीभित्रै सरकारको नेतृत्व फेर्नुपर्ने आवाज उठिरहेको छ।

सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सरकारले निर्णय गर्दा पार्टीमा समेत समन्वय गर्ने प्रतिबद्धता गरेपनि उनले त्यसलाई वेवास्था गरेपछि पार्टीका शीर्ष नेताहरु असन्तुष्ट रहेका छन्। पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू ओलीको कार्यशैलीप्रति सहमत नभएको र उनको साथमा नरहेको समेत सचिवालय मार्फत जानकारी गराएका थिए।

उपाध्यक्ष गौतमले ओली विरुद्ध शीर्ष नेताहरुले समयक्रममा बोल्ने समेत संकेत गरेपछि सरकार टिकाउनअसन्तुष्ट नेताहरुलाई समेट्ने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेदेखि मूख्यमन्त्रीहरु परिवर्तनगर्ने सम्मको योजना अघि सारेका छन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय