‘युद्ध अपराध’ गरेको भन्दै चीनविरुद्ध उत्रिए कृष्ण पहाडी

krishna-pahadi_qKmiGEDekL

असार ५, २०७७ काठमाडौं : नेपालका दुवै छिमेकी मुलुक चीन र भारतका सैनिकबीच दुई दिनअघि लद्दाखको गलवान उपत्यकामा झडप हुँदा कर्नेलसहित २० भारतीय सैनिक मारिए। लामो समयदेखि तनावपूर्ण रहेको उक्त स्थानमा सन् १९६२ यताकै डरलाग्दो रक्तपातपूर्ण हतियारबिनाको झडपमा भारततर्फ ठूलो क्षति भएपछि नेपालमा पनि त्यसबारे फरक फरक प्रतिक्रिया आइरहेका छन्। नेपाली भूमि हडपेपछि भारतविरोधी भावना बढिरहेका बेला भएको यो घटनाले यहाँका मानिसलाई पनि दुई कित्तामा बाँडिदिएको छ। लद्दाखमा गोर्खा रेजिमेन्टका जवान पनि तैनाथ भएकाले धेरैले नेपाली दाजुभाइको चिन्ता जनाए। केहीले भारतले आफ्ना साना छिमेकीसँग देखाइरहेको हेपाहा प्रवृत्ति चीनसँग देखाउँदाको परिणाम लद्दाख घटना पनि भनेका छन्। यहीबीचमा नेपालको पनि जनमत विभाजित भइरहेका बेला बिहीबार एउटा रोचक प्रदर्शन भएको छ। चीन र भारत दुवै देशका सैनिक एकआपसमा भिडेको उक्त घटनालाई लिएर मानवअधिकारकर्मी कृष्ण पहाडीसहितले चीनविरुद्ध प्रदर्शन गरे। लद्दाखमा चीनले युद्ध अपराध गरेको भन्दै उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।  पहाडीले नै स्थापना गरेको मानवअधिकार तथा शान्ति समाजको आयोजना बिहीबार काठमाडौँमा एउटा प्रदर्शन भएको हो। प्रदर्शनमा विभिन्‍न प्लेकार्ड बोकेर उनीहरु चीनविरुद्ध उत्रिएका हुन्।  उनीहरूले शान्तिलाई विस्तार गर्न माग गर्दै भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका हुन्। भारत र चीनबीच सीमा विवाद चर्किएर युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरुले विहीबार दूतावास अगाडि धर्ना दिएका थिए। तर उनीहरुको प्लेकार्डमा लद्दाख घटनामा चीनको मात्रै दोष रहेको उल्लेख थियो।  पहाडीले पहेँलो बस्त्र लगाएर बोकेको प्लेकार्डमा प्रष्टसँग चीनले युद्ध अपराध गरेको भनिएको थियो। ‘चीन : युद्ध अपराध हो (चाइना : वार इज क्राइम)’ लेखेको प्लेकार्ड बोकेको तस्बिर अहिले भाइरल भइरहेको छ। २० सैनिक मारिएपछि अहिले लद्दाखमै मेजर जनरल तहमा चीन-भारत वार्ता चलिरहेको छ। उनीहरुले अब यो तनावलाई मत्थर बनाउँदै जाने सहमति पनि गरेका छन्। तर दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती रहेको नेपालमा एउटा देशविरुद्ध पहाडीको अगुवाइमा प्रदर्शन भएको हो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि