एमसीसीबारे निर्णायक छलफलमा नेकपाका शीर्ष नेता

आषाढ ०५, काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे निर्णायक छलफलमा जुटेका छन् । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट पारित गरिसक्नुपर्ने अवस्था रहेकाले नेकपा नेताहरू निर्णायक छलफलमा जुटेका हुन् । नेकपाभित्र एमसीसी सम्झौताको पक्ष र विपक्षमा एक वर्षदेखि चर्को बहस भइरहेको छ । शीर्ष नेताहरूबीच सहमति नजुट्दा लामो समयदेखि यो बहसकै विषय बनिरहेको छ ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतका शीर्ष नेताहरू आन्तरिक गृहकार्यमा जुट्नुका साथै भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेताहरूले यो विषयमा केही दिनअघि मात्रै पनि राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटासँग पनि छलफल गरेको स्रोतले जनाएको छ ।

पार्टी नेताहरूबीच सहमति जुट्न नसक्दा राष्ट्रपति भण्डारी र सभामुख सापकोटाले सहमतिको मिलनबिन्दुसम्म पुग्ने पहल गरेको स्रोतको दाबी छ । गत आइतबार र सोमबार नेकपा अध्यक्षद्वय ओली र दाहालले राष्ट्रपति भण्डारीलाई भेटेका थिए । भेटमा एमसीसी सम्झौताकै बारेमा छलफल भएको हो ।

मंगलबार दाहालले वरिष्ठ नेता नेपालसँग प्रत्यक्ष छलफल गरे पनि अन्य नेताहरूसँग टेलिफोन संवाद गरेका छन् । यस्तै, वरिष्ठ नेता खनालका साथै उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापासँग दाहालले छलफल गरेका छन् ।

मंगलबार नै दाहालले सभामुख सापकोटासँग पनि छलफल गरेको स्रोतले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका बीचमा सहमति भए आफू एमसीसी सम्झौता संसद्मा अगाडि बढाउन तयार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमका साथै सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलसँग भेटघाट गर्दै एमसीसीलाई टुंगोमा पु-याउने विषयमा छलफल गरेका छन् ।

बुधबार साँझ अध्यक्षद्वय ओली र दाहालबीच यस विषयमा लामो छलफल भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एमसीसी सम्झौता संसद्बाट पारित गर्नमा एकमत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेकपाले निर्णय गर्नमा ढिलाइ गर्न नहुने बताए । ओली र दाहालबीचको छलफलपश्चात् आगामी बुधबार (१० असार)मा नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबाट एमसीसी सम्झौताबारे ठोस निर्णय हुने बताए । पार्टीमा लामो समयसम्म छलफल र बहस भएको बताउँदै उनले अबको बैठकले निर्णय लिने बताए । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स