June 17, 2020

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने

आषाढ ०३, काठमाडौं :

पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।

निर्माण कम्पनीले छ महिना अगावै अर्थात् सन् २०२० डिसेम्बरसम्म सबै निर्माणको काम सक्ने गरी काम गरिरहे पनि सुरुमा चीनमा कोरोनाको सङ्क्रमण देखिँदा चीनमा गएका कामदार त्यतै रोकिएको र पछि नेपालमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आयोजना निर्माणमा दोहोरो मार परेको थियो । बन्दाबन्दी अगाडिसम्म छ महिना अगावै निर्माणको काम सम्पन्न गर्ने गरी ५५ प्रतिशत काम सकिएको थियो ।

बन्दाबन्दीकै बीचमा पनि कामदारको स्वास्थ्य सुरक्षा, क्वारेन्टाइन, आवतजावतमा पूर्ण रूपमा रोक लगाएर निर्माणको कामलाई जारी राखिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । मुनर्कीका अनुसार बन्दाबन्दीकै समयमा करिब चार प्रतिशत काम सम्पन्न भएको र कुल भौतिक निर्माणको प्रगति ५९ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ ।

आयोजना स्थलमा २७१ जना चिनियाँ र १०० नेपाली कामदारले निरन्तर काम गरिरहे पनि विमानस्थलका लागि आवश्यक निर्माण सामग्री केही कलकत्ता बन्दरगाह, केही केरुङ नाका र केही चीनमा नै रोकिएकाले जनशक्ति हुँदाहुँदै पनि द्रुत गतिमा काम गर्न नसकिएको मुनकर्मीले बताए ।

विमानस्थलको दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे, ट्याक्सी वे, आन्तरिक तथा बाह्य एप्रोन, टर्मिनल भवन, टावर, अध्यागमन, भन्सार, ह्याङ्गर, कार्गो, प्रशासनिक भवन, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्ष भवन निर्माण भइसकेको र मुख्य सडक नालालगायतका निर्माणको काम भइरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय