जेठ २८, काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ। बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो । मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ ।
तनहुँ जलविद्युत् परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई– केमेन्टिस्टी (सीएमसी)ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर, कम्पनीले भनेअनुसार काम गरिरहेको थिएन। कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीबापतको रकम बैंकसँग दाबी गरेको थियो। उत्तिनै बेला इन्भेस्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।
सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेस्टमेन्ट बैंकलाई हराएपछि बैंकले पुनरावेदन गरेको थियो।
सीएमसीले नेपाल इन्भेस्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटालीको बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।
बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (१ अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो।
ग्यारेन्टीबापतको पैसा डुबेपछि इन्भेस्टमेन्ट बैंक राष्ट्र बैंकको प्रावधानअनुसार नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गर्नुपर्ने दबाबमा थियो। यही कारण बैंकको खराब ऋणमा बढ्ने अवस्था थियो। अब बैंकलाई यो दबाब हुनेछैन।
बैंकले मुद्दा जितिसकेकोले पैसाका लागि क्लेम गरिसकेको छ । यति ठूलो रकमको बैंक ग्यारेन्टीमा मुद्दा जित्दा देशकै पैसा फर्किने अवस्था आएको छ । मुद्दा लड्न मात्रै बैंकको करिब ४ करोड रुपैयाँ खर्च भएको बताइएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स