जेठ २८, काठमाडौं :बन्दाबन्दीको कारण देखाएर घरेलु हिंसाविरुद्धको उजुरी नलिने कार्य नगर्न र कारबाहीको प्रक्रिया नरोक्न मंगलबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले त्यस्ता विषयमा मुद्दा ल्याएमा तत्काल दर्ता गरी कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइहाल्न पनि सबै जिल्ला अदालतलाई अन्तरिम आदेश दिएको छ ।
लकडाउनको समयमा उल्लेख्य मात्रामा घरेलु हिंसा भएको जनाउँदै अधिवक्ताद्वय रोशनी पौडेल तथा सरोजकृष्ण घिमिरेद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा यति बेला महिलाको प्रजनन स्वास्थ्यको पनि सम्बोधन हुन नसकेको दाबी गरिएको थियो ।
सर्वोच्चले राष्ट्रिय महिला आयोगमा ११४५ नम्बरको हेल्पलाइन हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको उल्लेख त्यसमा किन त्यसो भएको हो अनुसन्धान गर्न र महिला मन्त्रालयलमा उजुरी सुन्नका लागि हेल्प लाइनको ब्यवस्था गर्न पनि आदेश दिएको छ ।
आदेशमा भनिएको छ– ‘नेपालको संविधानको धारा ३८ (२) ले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई महिलाको हकका रूपमा प्रत्याभूत गरेको छ । यो हकको प्रचलन सहजरूपमा हुनुपर्छ र कुनै पनि हालतमा रोकिनुहुँदैन ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स