जेठ २५, काठमाडौं : पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् ।

सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्वविशिष्टहरूले आफैं सुरक्षाकर्मीलाई फिर्ता पठाएका छन् ।
सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले पूर्वउपप्रधान, पूर्वगृहमन्त्रीबाट सुरक्षाकर्मी फिर्ता भएको र पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी नरहेको बताए ।
सरकारले बनाएको नयाँ कार्यविधिमा भने पूर्वगृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिने उल्लेख छ । गृहले लगेको नयाँ कार्यविधिमा पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि भने ४ देखि ६ जना मात्रै दिने उल्लेख छ । तर, हालसम्म पूर्वप्रधानमन्त्रीको सुरक्षामा दुई दर्जनभन्दा बढी सुरक्षाकर्मी खटिँदै आएका छन् । कार्यविधिमा सुविधास्वरूप दिइँदै आइएको पछुवा गाडीसमेत फिर्ता गर्ने उल्लेख छ । सो कार्यविधि छलफलकै क्रममा छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय