एकै मन्त्रालयमा दुई सचिव : राज्यकोषमा करोडौंको भार

जेठ २५, काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) का कारण बढ्दो संकटसँग जुध्ने क्रममा फजुल खर्च कटौतीको गृहकार्य थालेको सरकारले दुई सचिव रहेको मन्त्रालयमा एउटा मात्र दरबन्दी राख्ने तयारी थालेको छ । मन्त्रालय तथा अन्य विभिन्न निकायमा आवश्यकभन्दा बढी सचिव राख्दा राज्यकोषमा वार्षिक ७० करोड रुपैयाँभन्दा बढी अनावश्यक खर्च भइरहेको विभिन्न अध्ययनले देखाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि अनावश्यक सचिवको दरबन्दी रहेकाले केही दरबन्दी कटौती गर्ने तयारी भएको छ । यस्तै, काठमाडौं महानगरपालिका तथा महालेखा नियन्त्रकको कार्यालयमा समेत सचिव दरबन्दी कटौती गरी सहसचिव नै राख्दा फजुल खर्च कटौती हुने भन्दै सोहीअनुसार छलफल अघि बढाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा अनावश्यक दरबन्दीले खर्च अत्यधिक बढाएको र ती मन्त्रालयको कार्यसम्पादन कमजोर बनाएको विश्लेषण गर्दै यससम्बन्धी गृहकार्य अघि बढाएको हो ।

सचिवको आठ दरबन्दी कटौती गर्दा सचिवालयका कर्मचारी तथा उनीहरूले पाउने इन्धन, गाडीलगायतका सुविधा गरी वार्षिक झन्डै ७० करोड रुपैयाँ राज्यकोषमा बचत हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले ती मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्भेमार्फत दरबन्दी कटौतीको गृहकार्य अघि बढाउनेछ । मन्त्री हृदयश त्रिपाठीले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको र प्रधानमन्त्री सकारात्मक रहेको स्रोतले जानकारी दिएको छ ।

‘फजुल खर्च घटाउने विषय भएकाले प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ त्यसैले सचिवको दुई दरबन्दी रहेको मन्त्रालयमा एक दरबन्दी कटौती हुने निश्चित छ,’ सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले भने ।

हाल अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा दुई दुई जना सचिव कार्यरत छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स