June 3, 2020

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी परिचालित

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै करिब १ लाखको संख्यामा जनशक्ति खटाइएको हो ।

corona

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बाट प्राप्त तथ्यांकअनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीतर्फबाट प्रत्यक्ष रुपमा ४६ हजार ८ सय जनशक्ति खटाइएको छ । यसैगरी, ब्याक सपोर्टमा रहने गरी ९ हजार २ सय प्रहरी परिचालन गरिएको छ । उनीहरू सडकदेखि सीमासम्म खटिएका छन् ।

यसैगरी, सशस्त्र प्रहरीतर्फबाट देशभर गरी ३१ हजार ५ सय जनशक्ति परिचालन गरिएको छ । जसमध्ये सीमा क्षेत्रमा मात्रै २२ हजार ५ सय जनशक्ति खटिएका छन् । अन्य जनशक्ति भने नेपाल प्रहरीसँगै ब्याक फोर्सका रुपमा खटाइएको छ ।

यस्तै, नेपाली सेनातर्फबाट ७ हजार ६ सय ३० सैनिकलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रत्यक्ष रुपमा परिचालन गरिएको छ । हालसम्म क्वारेन्टिनको सुरक्षामा सेनातर्फबाट १ हजार ३ सय २८ जना सैनिक खटिएका छन् । यसैगरी, आइसोलेसन सुरक्षा, हेल्थ डेस्क र रेस्पोन्स टिममा समेत सेनाका जनशक्ति खटिएका छन् ।

सेनाबाट २ हजार २ सय ९० जना स्वास्थ्यतर्फका डाक्टरसहितका जनशक्ति छुट्टै परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार सेनाबाट सडक पट्रोलिङका लागि समेत ८ सय २५ जना खटिएका छन् । यस्तै, राष्ट्रिय अनुसन्धान विभागबाट समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ हजार ९ सय ९७ जनाको जनशक्ति परिचालन गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय