मलेसियाबाट नेपाली श्रमिक फर्काइने

ज्येष्ठ १९, काठमाडौं : मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो देश फर्काउने भएको छ । सुरुमा आगामी शनिबार वा जुन ६ तारिखदेखि इन्डोनेसियाली श्रमिकबाट स्वदेश फर्काउने काम सुरु हुने मलेसियाली सरकारले जनाएको छ ।

फर्किने आप्रवासी श्रमिकलाई श्रम निर्यात गर्ने देशको प्रतिनिधित्व गर्दै वसेका राजदूतावासले आआफ्ना नागरिकलाई ¥यापिड टेस्ट (आरडीटी)मार्फत कोभिड १९ को परीक्षण गर्ने र परीक्षणमा सङ्क्रमण नदेखिएकालाई स्वदेश फर्काउन सुरु गरिने जनाइएको छ । यसैगरी हाल घर फिर्ती केन्द्रमा राखिएका २४ नेपाली तथा दुई हजार ४७६ बङ्गलादेशी नागरिकलाई पनि क्रमशः फर्काइने जनाइएको छ ।

यसरी घर फिर्ती केन्द्रमा राखिएकामध्ये हालसम्म तीन जना नेपालीलगायत ३५ जनालाई कोभिड १९ सङ्क्रमण भएको पुष्टि भएको छ । त्यसैले मलेसियाले सकेसम्म छिटो अवैध रूपमा बसिरहेका व्यक्तिलाई उनीहरूको देश फर्काउने प्रयास गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स