May 30, 2020

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ । 

आङ्गिक क्याम्पस हुन स्वतन्त्र रूपमा कृषि, वन र इन्जिनियरिङ विषयको मात्र पढाइ हुनुपर्ने र अन्य साधारण विषय जोडिन नहुने उहाँको भनाइ छ ।

विश्वविद्यालयले चिकित्साशास्त्र विषयको पठनपाठन विस्तार गर्ने कुरालाई भने कम प्राथमिकता दिने जनाएको छ । चिकित्साशास्त्रको शैक्षिक कार्यक्रम प्रदेश स्तरमा विस्तार गर्ने कुरा प्राथमिकतामा नराखिएको उपकुलपति डा. बाँस्कोटाले स्पष्ट पारे । 

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले सरकारले सहयोग गरेको अवस्थामा विश्वविद्यालय आङ्गिक क्याम्पस थप गरी प्राविधिक शिक्षालाई विस्तार गर्न विश्वविद्यालय तयार रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय