होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन। वर्षायामले ढोका घच्घच्याउँदै गर्दा वडा नम्बर ५ का केही भाग र ४ को पाठामारी क्षेत्रका बस्ती डुब्न थालेका छन्।
‘गाउँपालिकाले पाठामारी क्षेत्रमा बनाउन लागेको बाँधका लागि छुट्ट्याएको बजेट पनि क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरेका छौं’, गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशीले भनिन्, ‘अब बर्खा लाग्न सुरु भयो, कोरोनाको आतंक छ। कसरी व्यवस्थापन गर्ने भन्ने अलमलमा छौं।’
कचनकवल राजवंशी, मुस्लिम र आदिवासीको संख्या बढी भएको गाउँपालिका हो। यहाँका बासिन्दा अक्षर चिन्ने अवस्थामा पुगेपछि भारतका मुम्बई, दिल्ली, कोलकातालगायत ठाउँमा रोजगारीका लागि पुग्ने गर्छन्।
‘यति धेरै भारत गएका रहेछन् भन्ने कल्पना पनि थिएन’, गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने, ‘भारतबाट दैनिक हुलका हुल भित्रिएका छन्। अभैm कति बाटोमा आउँदै छौं भन्छन्। आफ्नै गाउँका नागरिकलाई कसरी नआऊ भन्नु ?’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय