काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य जारी

जेठ १०, काठमाडौं : कोरोना सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत काठमाडौँ उपत्यकामा विद्युत्को तार भूमिगत गर्ने कार्य अगाडि बढाइएको छ ।

अहिले राजधानीको महाराजगञ्ज र चावहिल – चुच्चेपाटी क्षेत्रमा अहिले विद्युत्को तारलाई भूमिगत गर्ने कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

तार भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न पर्दैन । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँ ठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ । त्यसबाट दुईवटा पाइप छिराएर तार राख्ने काम सम्पन्न गरिन्छ ।

यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिँदै छ । सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने बताउँदै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबर समेत बिछ्याइएको छ । अप्टिकल फाइबर बिछ्याइ सकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण