दशगजामा रोकिएका ७० भन्दा बढी नेपाली नवलपरासी भित्रिए

जेठ ०१, काठमाडाैं : नेपाल–भारत सीमा दशगजामा रोकिएकामध्ये ७० जनाभन्दा बढी नेपाली पश्चिम नवलपरासी प्रवेश गरेका छन् । सुस्ता गाउँपालिकाले उनीहरूलाई प्रवेश गराएको हो । बुधबार स्वदेश प्रवेश गरेका ७० भन्दा बढी नेपालीलाई सुस्ता गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

 देश छिर्ने आसमा सीमामा बस्दै आएका प्रवासीलाई नेपाली र भारतीय बस्तीका स्थानीयले खाना खुवाउँदै आएका थिए । उनीहरूको अवस्था नाजुक हुँदै गएपछि नेपाल भित्र्याइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।भारतमा छिटपुट रूपले रेल र सरकारी बस चल्न थालेपछि विभिन्न सहरमा रहेका नेपालीहरू घर फर्कन दशगजामा जम्मा भएका थिए ।

कोरोनाको सुरक्षा सतर्कताअन्तर्गत दुई देशको नाका सिल भएका कारण सयौँ नेपाली दशगजामा अड्किएका हुन् । उनीहरू सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवालगायत सीमावर्ती क्षेत्रमा बस्दै आएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय