May 12, 2020

भुल्केमा एकै परिवारका पाँच कोरोना सङ्क्रमित

नेपालकै सबैभन्दा बढी कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित भएका छन्।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पहिलो चरणमा नै २८ जना कोरोना सङ्क्रमित देखिएको भुल्केमा एउटै घरका ६८ वर्षीया हजुरआमा, १८ वर्षीया नातिनी र ३८ वर्षीय ज्वाइँ कोरोना सङ्क्रमित भएका थिए। गत शनिबार थप चार जनामा पुनः कोरोना सङ्क्रमण देखिएपछि ती चारमध्ये दुई जना एउटै घरका ४५ वर्षीय श्रीमान् र ४३ वर्षीया श्रीमती रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।

अहिलेसम्ममा नेपालकै सबैभन्दा बढी ३२ जनामा कोरोना सङ्क्रमण देखिएको भुल्केको ५५ घर मुस्लिम परिवारमध्ये दुई÷तीन घरका सङ्क्रमित एउटै घरका रहेको कार्यालयले बताएको छ।

हालसम्ममा भुल्केमा ३२ सङ्क्रमितमध्ये छ भारतीय जमाती, आठ भुल्केका स्थानीय नागरिक गरेर १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी २२ जनाको कोशी अस्पताल कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ।

मुस्लिम परिवार र ३०० घर अन्य समुदाय रहेको भुल्केमा अहिलेसम्म ५५ मुस्लिम घरबाहेक अन्य समुदायमा भने कोरोना सङ्क्रमण पुष्टि नभएको कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण