May 12, 2020

सगरमाथा मापनको काम सकियो

झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ। नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो। तर लकडाउनका कारण अन्तर्रा्ष्ट्रिय गोष्ठी गर्न नसकिएको विभागका सूचना अधिकारी दामोदर ढकालले जनाए। सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो। सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो। 

केही महिनाभित्र सगरमाथा मापनको उचाइ घोषणा गर्ने तयारी विभागका अधिकारीले गरेका छन्। ‘फिल्डको काम पूरा भएको छ। डाटा प्रोसेसिङको काम सकिएपछि  उचाइ घोषणा गर्छौं,’ ढकालले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण