May 12, 2020

कोरोनाले विश्वव्यापी बन्दै ‘नमस्ते’

महामारीको यो हुण्डरीले हाम्रो व्यक्तिगत तथा सामाजिक व्यवहारमा थुप्रै परिवर्तन ल्याएको छ । अँगालो र चुम्बन त परको कुरा, ‘ह्यान्डसेक’बाट समेत वञ्चित भएर बस्नुपर्ने पश्चिमा समाजको विवशता त हामी अनुमान पनि गर्न सक्दैनौँ । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ती लामाले लेखेकी छिन् । 

यसबीच विश्वका ठूला नेताले अभिवादनमा ‘नमस्कार’ अर्थात् ‘नमस्ते’ गरेका कुरा पनि मूलधारका राजनीतिभन्दा कम चर्चित छैनन् । गत मार्चमा ब्रिटिस क्याबिनेटका सदस्यलाई राजकुमार चाल्र्सले गरेको नमस्तेदेखि फ्रान्सका राष्ट्रपति इमानुएल मेक्रोनसम्म नमस्तेका तस्बिर इन्टरनेटमा भाइरल बने ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त नागरिकलाई हात मिलाउनुको सट्टा नमस्ते गर्न अपिल नै गर्नुभयो । नमस्तेको कहानी यत्तिमै सकिँदैन, विश्व शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले नमस्तेलाई ‘नन–कन्ट्याक्ट ग्रिटिङ्स’ भनी प्रशंसा गरे । कोरोनाबाट बच्न गरिएको ‘नमस्ते’ भविष्यमा स्वच्छ र सभ्य अभिवादनको विश्वव्यापी मानक बन्ला ?विद्वानबीच चर्चा भइरहेको छ ।

प्रिन्सटन युनिभर्सिटीका मनोविज्ञान प्राध्यापक अल्क वेबर मानिसका बानी र व्यवहार आर्थिक सामाजिक सन्दर्भसँगै परिवर्तन हुन्छन् । स्वास्थ्यका लागि बानी परिवर्तन नहुने कुरै छैन । पश्चिमी जीवनशैली हस्त मिलन अर्थात् ह्यान्डसेकबिना कस्तो होला ? परिचर्चा भइरहेको छ भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण