एसईई,कक्षा ११ र १२ को परीक्षाको विकल्प प्रस्तुत

बैशाख २९,काठमाडौं  : प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

 कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले यस्तो प्रस्ताव बुझाएको हो । शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तक्र्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सो कार्यटोलीका संयोजक प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षालाई सहजरूपमा सञ्चालन गर्न यस्तो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष बुझाइएको जानकारी दिँदै भने, “विकल्प दिएका छौँ । 

त्यसमध्ये एउटा विकल्पका रूपमा अनिवार्य विषयको बोर्डले र ऐच्छिक विषयको विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्थाको प्रस्ताव गरेका हौँ तर त्यसका लागि राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।” सो परिषद् शिक्षा मन्त्रीको अध्यक्षतामा रहने प्रावधान छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय