May 9, 2020

भारतबाट ट्युबमार्फत महाकाली नदी तरेर नेपाल फर्कने क्रम जारी

भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी छ । यो समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन् । 

भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु ट्युबमार्फत स्वदेश फर्किरहेका छन् । सीमा नाका बन्द हुँदा आफूहरुलाई समस्या परेकाले ट्युबमार्फत नेपाल आएका शिवनाथ गाउँपालिकाका जयसिंह साउँदले बताए । भारतमा अलपत्र परेपछि आफूहरु जोखिम मोलेर स्वदेश फर्किएको उनले बताए ।

सीमा नाका खुला नहुँदा जोखिम मोलेर नेपाल भित्रिनु परेको नागरिकहरुले बताएका छन् । भारतसँग सीमा जोडिएका विभिन्न ठाउँमा अझै पनि नेपालीहरु अलपत्र परेका छन् । कोरोना भाइरसका कारण रोजगारी खोसिएपछि आफूहरु अलपत्र परेको बाजुराको बुढीनन्दा नगरपालिका ९ का मनबहादुर बोहराले बताए । चार दिन कल्भर्टमुनि बसेको र पछि प्रहरीले पुरानै ठाउँ जान भनेपछि आफूहरु एउटा खाली घरमा भोकभोकै बसिरहेको उनले बताए ।

ट्यूवबाट महाकालि तरेर आएका ब्यक्तिहरुलाई सम्बन्धीत जिल्लामा पठाउने गरेको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण