May 7, 2020

उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी

कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

यसक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बुधबार नागढुङ्गा नाकाको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । बाहिरबाट उपत्यका आउनेका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्ने र नाकामा सुरक्षाकर्मी थप्ने तयारी गरिएको छ ।

यसअघि काठमाडौंँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले नागढुङ्गा नाकाको निरीक्षण गरी उपत्यका प्रवेशमा कडाइ गर्न निर्देशन दिएका थिए । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नाकामा कडाइ गरी उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो बनाउँदा खासै फरक नपर्ने बताउनुहुन्छ । उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो हुने बित्तिकै राहतको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ ।

मङ्गलबार काठमाडौँ महानगरका प्रमुख शाक्यसहित ललितपुर, भक्तपुर र ठिमीका प्रमुखहरूको भेलाले नाकामा कडाइ गरी आन्तरिक बन्दाबन्दी खुकुलो बनाउन सुझाव दिएका थिए । उपत्यकासँग जोडिएका नागढुङ्गा, फर्पिङ र साँगा जगाते मुख्य नाका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय