May 5, 2020

सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थाले

नेपाल–भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१२ का बासिन्दा विरोधमा उत्रिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनोहर पोखरेलले लेखेका छन् । 

स्वास्थ्य र सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी भारतीय र अन्यत्र जिल्लाका मजदुर ल्याएर कोरोना भित्र्याउन खोजेको भन्दै उनीहरूले सडक अवरुद्ध पारे।

हनुमाननगर कंकालिनी नगरपालिका(१२ का मो. साबिरले भने, ‘हामीले आफ्नै ठाउँमा सीप प्रयोग गर्न पाएका छैनाँै, बालबालिका भोकै छन् तर सीमापारिबाट हुल बाँधेर आएका भारतीय काम गरिरहेका छन्।’ कोरोनाको भयले आवतजावत गर्ने डुंगासमेत बन्द गरिँदा माछा मार्ने काम ठप्प भएको जनाउँदै उनले बाँधको स्पर मर्मतका लागि भारतीय मजदुर ल्याएर कोरोना भित्र्याइरहेको आरोप लगाए। 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति अपनाउनुपर्ने सामान्य सतर्कतासमेत नअपनाई भारतीय ठेकेदारले काम गरिरहेकोे भन्दै स्थानीय सूर्यनारायण मण्डलले विरोध जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय