काठमाडौँ उपत्यका सडक विस्तार आयोजना अन्तर्गत उपत्यकाका तीनवटा जिल्लाका आठवटा सडकमा निर्माण कार्य पुनः अगाडि बढाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीबाट रोकिएको सडक निर्माण कार्य पुनः सुरु भएको हो ।
काठमाडौँमा तीनवटा, ललितपुरमा चारवटा र भक्तपुरमा एउटा सडकको विस्तार तथा निर्माण प्रक्रिया अगाडि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार काठमाडौँमा जोरपाटी–साँखु सडकखण्ड (१२ किमी), जोरपाटी–सुन्दरीजल सडक खण्ड (सात किमी) र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक खण्ड (१२.५ किमी)को निर्माणकार्य पुनः अगाडि बढाइएको छ ।
त्यसैगरी ललितपुरमा नख्खु–भैँसेपाटी–बुँगमती सडकखण्ड (पाँच किमी), सातदोबाटो–चापागाउँ–लेले सडकखण्ड (१३ किमी), लखनखेल–सातदोबाटो–गोदाबरी सडकखण्ड (८.४ किमी) र ग्वार्को–लुभू–लामाटार सडक खण्ड (७.२ किमी) रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुुसार भक्तपुरमा सल्लाघारी –पेप्सीकोला–खस्याङखुसुङ सडकखण्ड (४.५ किमी)को काम अगाडि बढाइएको छ । सडक खण्डहरूमा रुख काट्ने, ह्युमपाइप हाल्ने, पर्खाल लगाउने, बिजुलीको खम्बा स्थानान्तरण गर्ने लगायतका काम भइरहेका छन् भने कतिपयमा कालोपत्रेको कामसमेत सुरु भइसकेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय