नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै निको भएका थिए । देशभरमा कुल संक्रमित ५९ जना मध्येमा १६ जना पनि कुनै जटिल समस्या विनै डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा,उच्चरक्तचाप,दम,मिर्गौला,मधुमेह,क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका छन् । तर नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरुमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड– १९ संक्रमितमा ज्वरो आउने,सुख्खा खोकी लाग्ने,नाकवाट पातलो पानी वग्ने,श्वास फेर्न गाह्रो हुने र थकाइ लाग्ने जस्ता लक्षण हुन्छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय