सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो ।
बल्लतल्ल खुलेको नाकाबाट स्वास्थ्य र खाद्यान्न आयात गर्नुपर्ने पक्षमा भोटेकोसी गाउँपालिका रहेको छ ।
‘चीनको वुहानबाट कोरोना भाइरस फैलिएकाले यहाँका स्थानीय त्रसित छन्, ’ गाउँपालिका उपाध्यक्ष दाबुट्टी शेर्पाले भनिन्, ‘यस्तो बेलामा नाका सञ्चालन हुँदा कोरोना फैलिन्छ भन्ने त्रास हो । व्यापारिक प्रयोजनका लागि स्याउ र लसुन आयात गर्न यो बेला उचित छैन भन्ने स्थानीयको बुझाई छ।’
सुरुवाती छलफलमा स्वास्थ्य सामाग्री मात्र आयात गर्ने कुरा भए पनि अहिले स्याउ र लसुन आयात भएपछि विवाद बढेको उपाध्यक्ष शेर्पाले बताइन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय