May 1, 2020

कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हो; मसँग प्रमाण छ : ट्रम्प

 

२०७७ बैशाख १९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कारोना भाइरस (कोभिड १९) संक्रमण चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको दाबी गरेका छन् ।

बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनलाई त्यहाँ उपस्थित एक प्रत्रकारले प्रश्न सोधेका थिए, ‘कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ कसरी भनिरहनुभएको छ ?  के तपाईंसँग यसको प्रमाण छ ?’

जवाफमा ट्रम्पले भने, ‘मसँग प्रमाण छ । तर मलाई चीनले यस्तो जानीजानी गर्यो वा गल्तीपूर्वक गर्यो, त्यो भने थाहा छैन । या कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्यो ।’ हुबेईबाट चीनको अन्य स्थानमा जान रोक लगाइएको अवस्थामा मानिसहरुलाई संसारभरी यात्रा गर्न भने छुट दिइएकोमा उनले आशंका व्यक्त गरे ।

ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको प्रचार–प्रसार गरेको आरोप पनि लगाए । उनले भने, ‘डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ । यो जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो ।’

कोरोना भाइरसका कारण अमेरिकामा मात्रै पछिल्लो २४ घण्टामा २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ भने १० लाख ९५ हजार १९ जना संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् ।

संसारभरी हालसम्म ३३ लाख बढी व्यक्ति संक्रमित छन् भने २ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको