गत चैतको पहिलो साता बजारमा ग्यास अभाव देखिएको थियो । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात बढाउँदा बजारमा ग्यास अभाव हुन पुगेको थियो तर अहिले लकडाउनको एक महिना बितिसक्दा पनि बजारमा ग्यासको खासै अभाव भएको छ भने ग्यासको खपत पनि न्यून छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
नेपाल आयल निगमका अनुसार ग्यास भण्डारण अहिलेसम्मकै उच्च भएको छ । सामान्य दिनमा दैनिक ८० हजार सिलिन्डर ग्यास खपत हुँदै आएको थियो तर हाल लकडाउनको समयमा दैनिक करिब ५० हजार सिलिन्डर खपत भएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । ग्यास अपत करिब ३० प्रतिशतले घटेकोे सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
एलपी ग्यास बढी खपत हुने होटल तथा रेस्टुरेन्टहरू बन्द भएकाले ग्यास खपत न्यून भएको हो । साथै ठूला भोज, जमघट तथा कार्यालय र घरेलु तथा साना उद्योगहरू बन्द हुँदा ग्यास खपतमा कमी आएको सङ्घको दाबी छ ।
ग्यास खपत कम भएकाले उद्योगहरूले भण्डारण गरेका छन् । सात हजार मेट्रिक टन भण्डारण क्षमता भए पनि हाल १४ हजार मेट्रिक टन भण्डारण गरिएको छ । ग्यास उद्योग र सिलिन्डरमा मात्र नभई ग्यास बुलेटहरूमा समेत भण्डारण गरिएको छ ।
सङ्घका अनुसार भारतबाट आएका करिब दुई सय बुलेटको ग्यास बुलेटमै भण्डारणस्वरूप राखिएको छ । ग्यास भण्डारण अहिलेसम्मकै उच्च हो ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय