निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ । प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले वैशाख २२ बाट कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय कमिटीलाई निर्देशन गरेको बताए । नेपाल समाचारपत्रमा खबर छ ।

प्याब्सन केन्द्रीय कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । अध्यक्ष पुरीले कक्षा सञ्चालन नगर्दा विद्यार्थीको पठनपाठन डामाडोल हुने र शैक्षिक सत्रको क्यालेन्डरमा समेत असर पर्ने भएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए ।
तर, नयाँ भर्नाको विषयमा कुनै निर्णय नभएको प्याब्सनको भनाइ छ । प्याब्सनले लकडाउन लम्बिए नयाँ भर्ना गर्ने विषयमा निर्णय लिने जनाएको छ । प्याब्सनले लकडाउन खुलेपछि मात्रै भर्ना लिने आन्तरिक तयारी गरिरहेको छ । तर, केही विद्यालयले पढाइसँगै भर्ना खोल्नुपर्ने जनाउँदै आएका छन् ।
प्याब्सनअन्तर्गतका अधिकांश विद्यालयले अस्ति १५ गतेबाट परीक्षाफल प्रकाशित गरिसकेका छन् । केही ठूला विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरिसकेका छन् । विद्यालयमै उपस्थित भएजस्तो पढाइ नहुने भए पनि विद्यार्थीलाई व्यस्त गराउन प्याब्सनअन्तर्गतका विद्यालयले अनलाइन पढाइ शुरू गर्न लागेको हो ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय