त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने देखिन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले स्नातकोत्तर तह अध्यापन गराउने क्याम्पसमा अध्यापन सुरु भएको जानकारी दिए । यसका साथै विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सामुदायिक क्याम्पसले पनि अनलाइन प्रविधिबाट पढाइ सुरु गरेको जानकारी आफूले पाएको उनले बताए । यसअघि विश्वविद्यालयका केन्द्रीय विभागले पनि अनलाइन प्रविधिबाट विद्यार्थीको पठनपाठन सुरु गरेका थिए ।
विश्वविद्यालयले अनलाइनबाट विद्यार्थीलाई पठनपाठनमा जोडे पनि स्नातक तह तथा धेरै विषय पढाउने बहुमुखी क्याम्पसमा भने पढाउन समस्या देखिएको पदाधिकारीको भनाइ छ । मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तहमा कक्षा लिन समस्या भएको जनाइएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय