April 27, 2020

विश्वभर एक अर्ब २० करोड हवाई यात्रु घट्ने

कोरोना भाइरसको महामारीले विश्वमा सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव परेको छ। आन्तरिक आवतजावत ठप्प भइरहेको समयमा अन्तर्राष्ट्रिय उडान, पर्यटक आवागमन, घुमफिरजस्तो विश्व पर्यटनको चहलपहलमै कमी आउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले यसअघि घोषणा गरिसकेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुनिता कार्कीले लेखेकी छिन् । 

आईकाओको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२० सेप्टेम्बरसम्म हवाई यात्रुको संख्यामा १ अर्ब २० करोडले कमी आउनेछ। यही अप्रिल २२ मा सार्वजनिक गरिएको प्रक्षेपणमा अन्तर्राष्ट्रिय  रूपमै हवाई यात्रुको संख्यामा अघिल्लो वर्षको तुलनामा उक्त संख्यामा कम हुने उल्लेख छ।

हवाई यात्रुको संख्या अन्तर्रा्ष्ट्रिय उड्डयन क्षेत्रको क्षमताभन्दा एकतिहाइले घट्ने प्रक्षेपण गरिएको छ। यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आयमा पनि १ खर्ब ६० अर्बदेखि २ खर्ब ५३ अर्ब डलरसम्म कमी आउने जनाइएको छ।

उड्डयन क्षेत्रले अन्तर्रा्ष्ट्रिय स्तरमा जोड्ने काम मात्रै नगरी रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधिमा असर गर्ने हुन्छ। हरेक वर्ष ३ करोड ८० लाख व्यावसायिक उडानबाट ४८ हजार ५ सय रुटको प्रयोग गरी ४ अर्ब ३० करोड यात्रुले हवाई उडान गरेको एभिएसन बेनिफिट्स रिपोर्ट २०१९ ले जनाएको छ। यसबाट ६ करोड ५५ लाख जनाले रोजगारी पाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय