बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्किएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

बुहारी बिहीबार सासूआमाको मुख हेर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्। उनले कोरोना संक्रमणबाट पार पाएकी आमाको मुख हेरिन्। आमा र श्रीमान्लाई लिएर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट पुग्दा उनले खुसीको आँसु चुहाइन्। वृद्धा आमा अपार्टमेन्टमा फर्किन पाउँदा खुसीले गदगद थिइन्।
वैशाख १ गतेर्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा तीनै जनामा कोरोना पोजिटिभ देखिएको थियो।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय