April 23, 2020

अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले नेपालमा असर पर्दैन : निगम

अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने नेपाल आयल निगमले जनाएको छ । बन्दाबन्दीका कारण मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

निगमका अनुसार नेपालमा खाडी देशहरूबाट पेट्रोलियम पदार्थ आउने हो । इन्डियन आयल कर्पोरेसनले खाडी राष्ट्रको बजारबाट ८५ प्रतिशत कच्चा तेल लिएर भारतमा तयारी तेल बनाउँछ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने “अमेरिकामा आएको गिरावटले यहाँ असर गर्दैन ।

त्यहाँको तेलको क्वालिटी पनि फरक हो । हामीकहाँ गल्फबाट आउने हो तेल । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावबारे नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको स्वचालित मूल्य कार्यान्वयनबाटै निर्धारण हुन्छ तर अमेरिकातिरको मूल्यले असर गर्दैन । ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय