सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको कारवाही रोकिएको बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि । डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि । छापिएकै छ नि ।’
‘तर, यो महामारीका विषयमा विज्ञ डाक्टर नबोलेर को बोल्ने भन्ने मेरो अडान अहिले पनि छ । किनकि चेतना फैलायो भने संक्रमण रोकिन्छ, त्यसैले चेतना फैलाउनु त हाम्रो धर्म हो भन्ने मेरो भनाइ छ,’ उनले थप भनेका छन, ‘महामारीका वेला निरन्तर बिरामी जाँचिरहेको डाक्टरलाई स्वागत गर्न त पत्र अवश्य काटिएको थिएन । तयारी त कारबाहीकै थियो ।’
तर, आइतबार मन्त्रालयमा पुग्दा स्थिति फेरिएको बताउँदै उनले भने, असाध्यै राम्रोसँग कुराकानी भयो । म मन्त्रालयमा पुग्दा धेरै कुरा मिलिसकेको रहेछ । यसलाई कारबाही गर्छु भन्दै हिँडेका हुन् । तर, अहिले हामी सबै मिलेर जानुपर्छ भनेपछि मैले हुँदैन भन्ने कुरै भएन । मिलेर कोभिडविरुद्ध लडौँ, आपसमा नलडौँ त मैले नै भन्दै आएको छु । त्यसैले उहाँहरूको प्रस्तावलाई मैले सहर्ष स्वीकार गरेँ । तर, अब मिलेर अघि बढ्ने हो, कोरोनाविरुद्ध संगठित अभियानमा पहिलेजस्तै सक्रिय हुने हो ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय