April 17, 2020

‘बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव हुँदैन’

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशमा लकडाउन भइरहँदा पनि स्थल नाकाबाट हुने आयात सहज रूपमा भइरहेको छ । यसबाट बजारमा अत्यावश्यक वस्तु र खाद्यान्न अभाव नभएको व्यवसायीले बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

अत्यावश्यक वस्तुलगायत खाद्य पदार्थको आयात जारी रहँदा अभाव हुन नपाएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । यस्ता वस्तुको आयात गर्दा सुरक्षा उपाय अपनाउनु भने जरुरी रहेको उहाँको भनाइ छ । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आफूहरूले सहजीकरण गरिरहेको बताए । 

हामीले स्थानीय सरकारसँग मिलेर सहजीकरण गरिरहेका छौँ र आपूर्ति व्यवस्था सहज बनाउन भूमिका खेलेका छौँ, जसले गर्दा बजारमा अहिलेसम्म अभाव हुन पाएको छैन, उनले भने ।

देशको दोस्रो ठूलो भन्सार नाका बेलहिया हुँदै दिनहुँ दैनिक उपभोग्य वस्तुका साथै एलपी ग्यास, पेट्रोलियम पदार्थ, तयारी औषधि, औषधिका कच्चा पदार्थ, मेडिकल सामान, हरियो तरकारीजस्ता सामान नियमित रूपमा आइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय