April 14, 2020

निम्न आय भएका २५ मुलुकलाई सघाउँदै आईएमएफ, नेपाल पनि पर्‍यो

विश्वव्यापी फैलिएको कोरोना महामारीबाट प्रभावित २५ वटा न्यून आय भएका राष्ट्रहरुलाई अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले अनुदान उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आईएमएफले अनुदान दिने राष्ट्रहरुको सूचिमा नेपाल पनि परेको छ । सोमबार बसेको आईएमफको कार्यकारी सञ्चालक समितिको यस्तो निर्णय गरेको गरेको आईएपफकी महानिर्देशक क्रिस्टलिना जर्जिभाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएकी हुन् ।

यो अनुदान आईएफको विपद् न्यूनीकरण तथा राहत कोष (सीसीआरटी) मार्फत् उपलब्ध गराइने छ । अनुदान प्राप्त गर्ने मुलुकले आईएमएफलाई सर्तअनुसार तिर्नुपर्ने ऋणको किस्ता भुक्तानीको लागि परिचालन गर्नेछन् । यो व्यवस्थाका कारण यी देशले आफ्नो स्रोत स्वास्थ्य सामग्रीसहित आपत्कालिन काममा खर्च गर्न सक्ने आईएमएफको विज्ञप्तिमा जनाइएको छ ।

यस्तो अनुदान पाउने मुलुकहरुमा नेपालसहित, अफगानिस्तान, बेनिन, बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरस, प्रजातान्त्रिक गणतन्त्र कंगो, गाम्बिया, गिनिया बिसाउ, हैटी, लाइबेरिया, मालावी, माली, मोजाम्बिक, रुवान्डा, साओ टोम प्रिन्सिप, सियरा लियोन, सोलोमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण