विश्वव्यापी फैलिएको कोरोना महामारीबाट प्रभावित २५ वटा न्यून आय भएका राष्ट्रहरुलाई अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले अनुदान उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि आईएमएफले अनुदान दिने राष्ट्रहरुको सूचिमा नेपाल पनि परेको छ । सोमबार बसेको आईएमफको कार्यकारी सञ्चालक समितिको यस्तो निर्णय गरेको गरेको आईएपफकी महानिर्देशक क्रिस्टलिना जर्जिभाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएकी हुन् ।
यो अनुदान आईएफको विपद् न्यूनीकरण तथा राहत कोष (सीसीआरटी) मार्फत् उपलब्ध गराइने छ । अनुदान प्राप्त गर्ने मुलुकले आईएमएफलाई सर्तअनुसार तिर्नुपर्ने ऋणको किस्ता भुक्तानीको लागि परिचालन गर्नेछन् । यो व्यवस्थाका कारण यी देशले आफ्नो स्रोत स्वास्थ्य सामग्रीसहित आपत्कालिन काममा खर्च गर्न सक्ने आईएमएफको विज्ञप्तिमा जनाइएको छ ।
यस्तो अनुदान पाउने मुलुकहरुमा नेपालसहित, अफगानिस्तान, बेनिन, बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरस, प्रजातान्त्रिक गणतन्त्र कंगो, गाम्बिया, गिनिया बिसाउ, हैटी, लाइबेरिया, मालावी, माली, मोजाम्बिक, रुवान्डा, साओ टोम प्रिन्सिप, सियरा लियोन, सोलोमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन रहेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय