April 13, 2020

सहुलियत मूल्य पसलमा गएनन् ग्राहक

अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् । गोरखापत्रमा खबर छ ।

बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न नसकेको साल्ट ट्रेडिङ कर्पाेरेसनमा उपभोक्ता छिर्न सकेका छैनन् । कर्पाेरेसनको सतुङ्गल बिक्री केन्द्रका प्रमुख प्रेम ढकालको अनुभवमा बन्दाबन्दीपूर्व ग्यास, चिनी र नुन किन्नेको भीड हुन्थ्यो तर अहिले ग्राहक नै छैनन् ।

बन्दाबन्दी नहुँदै दैनिक दुई÷तीन लाख रुपियाँको व्यापार गरेको बताउँदै उgले पहिले ग्यास मात्र दैनिक ५० सिलिन्डरभन्दा बिक्ने गरेकामा अहिले मुस्किलले चार÷पाँचवटा बिक्ने गरेको तर चिनी, नुन, चामल र दालका लागि ग्राहक नै नआउने उल्लेख गरे ।

ग्यास आधा सिलिन्डरमा आउन थालेदेखि ग्यास पनि बिक्नै छाडेको उनको बुझाइ छ । पहिले कर्पाेरेसनका सामान किन्न थानकोट, बलम्बु, नैकाप, तीनथाना, मच्छेगाउँ र सतुङ्गलका ग्राहक आउने गरेकामा बन्दाबन्दीपछि स्थानीय मात्रै ग्राहक रहेको प्रमुख ढकालले थपे ।कर्पाेरेसनको केन्द्रीय बिक्री केन्द्र कालीमाटीमा पनि अवस्था उही छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय