April 13, 2020

सहुलियत मूल्य पसलमा गएनन् ग्राहक

अत्यावश्यकीय खाद्य सामानमा उपभोक्तालाई राहत दिन खोलिएका सहुलियत मूल्य पसलमा कारोबार निकै कम छ । थोरै ठाउँमा भए पनि सञ्चालन गरिएका त्यस्ता पसलमा बन्दाबन्दीका कारण ग्राहक आउनै पाउँदैनन् । गोरखापत्रमा खबर छ ।

बन्दाबन्दी पहिले ग्राहकको भीड थेग्न नसकेको साल्ट ट्रेडिङ कर्पाेरेसनमा उपभोक्ता छिर्न सकेका छैनन् । कर्पाेरेसनको सतुङ्गल बिक्री केन्द्रका प्रमुख प्रेम ढकालको अनुभवमा बन्दाबन्दीपूर्व ग्यास, चिनी र नुन किन्नेको भीड हुन्थ्यो तर अहिले ग्राहक नै छैनन् ।

बन्दाबन्दी नहुँदै दैनिक दुई÷तीन लाख रुपियाँको व्यापार गरेको बताउँदै उgले पहिले ग्यास मात्र दैनिक ५० सिलिन्डरभन्दा बिक्ने गरेकामा अहिले मुस्किलले चार÷पाँचवटा बिक्ने गरेको तर चिनी, नुन, चामल र दालका लागि ग्राहक नै नआउने उल्लेख गरे ।

ग्यास आधा सिलिन्डरमा आउन थालेदेखि ग्यास पनि बिक्नै छाडेको उनको बुझाइ छ । पहिले कर्पाेरेसनका सामान किन्न थानकोट, बलम्बु, नैकाप, तीनथाना, मच्छेगाउँ र सतुङ्गलका ग्राहक आउने गरेकामा बन्दाबन्दीपछि स्थानीय मात्रै ग्राहक रहेको प्रमुख ढकालले थपे ।कर्पाेरेसनको केन्द्रीय बिक्री केन्द्र कालीमाटीमा पनि अवस्था उही छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण