April 12, 2020

चिसियो ओली र प्रचण्डको सम्बन्ध

गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए।

२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो। दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे। तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन्। 

चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके। महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो। योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन।

यी र यस्तै प्रकरणले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच दूरी बढेको छ। गत ४ मंसिरमा ओली र दाहालबीच कार्य्विभाजन भएयता सम्बधमा चिसिएको छ। अझ गत २३ पुसमा उपाध्यक्ष वामदेव गौतमको निवासमा दाहालसहितका ओलीइतर बहुमत सचिवालय सदस्यहरूको भेलापछि त अध्यक्षद्वयबीच चिसिएको सम्बन्धमा सुधार हुनै सकेको छैन।

ओली पूर्वएमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै दाहालसँग असन्तुष्ट छन्। ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई काम गर्न असहज पार्न मात्र खोजेको दाहालको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण