April 11, 2020

मेलम्चीको काम रोकिएको छैन तर सुस्त

कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

झन्डै २५० मजदुरले दैनिक काम गरिरहेका थिए तर कोरोना भाइरसको त्रासले स्थानीय मजदुर घर फर्किएपछि हाल साइटमा सय जना मजदुरले काम गरिरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

लकडाउन सुरु भएपछि साइटमा चिनियाँ ४० र नेपाली ६० गरी जम्मा सय जना कामदारमार्फत आयोजनाको काम हुँदै आएको छ । स्थानीय कामदार घर फर्किए पनि जिल्लाबाहिरका नेपाली कामदार भने लकडाउनका कारण घर जान नपाएर साइटमै बसेका छन् । 

तिनै घर जान नपाएका कामदारबाट आयोजनाको काम सुचारु छ । हाल हेडवक्र्स निर्माणको काम भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण