नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत् गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ ।
यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ । जलाशययुक्त आयोजनाबाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ ।
नेपालमा प्रायः हिमनदीमा जलविद्युत् आयोजना निर्माण भएका छन् । मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कालीगण्डकी, सुनकोसी, त्रिशुली, देवीघाट, चमेलियालगायतका सबै ठूला जलविद्युत् आयोजना हिमनदी प्रणालीमा निर्माण भएका छन् ।
कात्तिक/मङ्सिरबाट हिमनदीमा पानीको बहाव बिस्तारै कम हुँदै जाने गर्छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय