April 10, 2020

संक्रमण रोकथाम गर्न पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने ?’ भन्ने दुविधा

विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोकथाम गर्न स्थानीय तहसँग पर्याप्त रकम भए पनि ‘कुन शीर्षकबाट खर्च गर्ने ?’ भन्ने दुविधा सिर्जना भएको छ । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।

खर्च गर्ने तौरतरिका र सम्बन्धित निकायसँग समन्वय अभावमा अधिकांश स्थानीय तह दुविधामा परेका हुन् । 

दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले स्थानीय तहको विपत व्यवस्थापन कोषमा राखिएको रकम सकिएकाले ‘अब कसरी खर्च गर्ने ?’ भन्ने अन्योल सिर्जना भएको बताउँछन् । 

‘कल्पनै नगरेको महामारी आयो, यसमा केन्द्र र प्रदेश सरकारले पनि सहयोगका साथै खर्च गर्ने कानुनी बाटो खोल्नुपर्छ,’ बस्नेतले भने, ‘यस विषयमा नगरपालिकामा छलफल गर्ने तयारीमा छौँ’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहलाई, समानीकरण, आन्तरिक आय, राजस्व बाँडफाँड शीर्षकबाट खर्च गर्न मिल्ने बाटो खोलिदिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण