April 7, 2020

लकडाउनमा ढुवानी सहजीकरण : कोलकाता र हल्दिया बन्दरगाहमा जरीवाना मिनाहा

कोभिड–१९ बाट ढुवानीमा देखिएको गतिरोध समाधानका निम्ति भारतको कोलकाता र हल्दिया बन्दरगाहले कन्टेनर र बल्क कार्गोमा लाग्ने जरीवाना मिनाहा गर्ने भएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् । 

नेपालको तेस्रो मुलुकसँगको व्यापारमा अधिक चल्तीमा रहेको कोलकाता बन्दरगाहले गत मार्च २२ देखि अप्रिल १४ सम्म आएका कार्गोमा यो अवधिमा निःशुल्क समय गणना नहुने बताएको हो । 

पोर्टले सूचना निकालेर यो अवधिमा बन्दरगाहमा अनलोड भएका कार्गोलाई यस्तो सहुलियत घोषणा गरेको हो । बन्दरगाहले रेलमार्फत ढुवानी हुने कार्गोलाई २० र सडकमार्गमा १० दिन निःशुल्क समय दिन्छ । 

बन्दरगाहमा अनलोड भएको कार्गो यो समयभन्दा बढी बन्दरगाहमा राख्नुपरेमा जरीवाना तिर्नुपर्छ । बन्दरगाहको सूचनाअनुसार २२ मार्चदेखि १४ अप्रिलसम्म यो निःशुल्क समय गणना हुँदैन । रेल र सडक दुवै मार्गबाट हुने ढुवानीमा यो सहुलियत दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण