April 5, 2020

धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा

सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्ट,  परमानन्द पाण्डे,  महादेव अवस्थीले लेखेका छन् ।

कञ्चनपुरको बेदकोटका ४१ वर्षीया युवा भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट कञ्चनपुरको ब्रम्हदेव हुँदै लुकेर नेपाल छिरेका हुन्। कैलालीको लम्कीका युवा चैत ११ गते धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकाको भीडबाट नेपाल प्रवेश गरेका हुन्। कैलालीका कोरोना संक्रमित युवाका आफन्तमा पनि संक्रमण फैलिएको छ। चैत ७ गते दुबईबाट भारत हँुदै ती युवा नेपाल आएका थिए। सोही रात उनी काठमाडौंमा मामाको घरमा बसि चैत ८ गते बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएका थिए। नेपालगञ्जबाट उनी अत्तरियासम्म माइक्रोमा, त्यहाँबाट धनगढीको चौराहासम्म विंगर गाडी र त्यहाँबाट अटोमा उनी धनगढीस्थित घर पुगेका थिए।

भारतबाट आएका दुई जनामा पनि संक्रमण

भारतबाट आएका दुईजनामा पनि संक्रमण देखिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४१ वर्षका पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका २१ वर्षका युवामा कोरोना संक्रमण भेटिएको हो।

नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनबाट बिहीबार ९२ जनाको थ्रोट स्वाब संकलन गरी काठमाडांै लगेको थियो। तीमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय