April 5, 2020

लकडाउनः नबोल्ने पशुपक्षी र प्राणी भोकभोकै

लकडाउनमा यतिबेला अधिकांश मानिस आफ्नो परिवारका साथ घरभित्रै छन् । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न घर बस्दा विभिन्न परिकार बनाउने, खाने अनि रमाउने गरेको देखिन्छ । मानिस घरभित्र बसेपछि मानिसका सबै क्रियाकलाप घरमै सीमित बनेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

बाहिर वातावरणमा हुने गतिविधि ठप्प छ । मठ मन्दिरमा पूजा बन्द छ । बजार, पसल, होटल रेस्टुरेन्ट बन्द छन्, जसका कारण परेवाले चारा खान पाएका छैनन् । कतिपयले आफ्नै घरमा भएका कुकुर बिरालालाई कोरोना सर्ने भयले थुनेर राखेका छन् । 

होटलले फ्याँकेका खानाको भरमा रहेका कुकुर, बिराला पनि भोकै छन् । पशुपति र स्वयम्भूका अनगिन्ती बाँदरको हुल भोकले घरि कता, घरि कता आँखा लगाउँदै मानिसको प्रतीक्षा गरिरहेका छन् । आकाशमा उड्ने चरा पनि मानवको गतिविधि ठप्प हुँदा सशङ्कित छन् ।

काठमाडौँ महानगरपालिका १० का बासिन्दा सहन शर्मा– मानिस त बोल्न सक्छन् । पीडा पर्दा आफ्ना कुरा भन्न सक्छन् । भोक लागे मागेरै खान सक्छन् तर नबोल्ने पशुपक्षी र प्राणी यतिबेला अन्योलमा छन् । सधैँ भीडभाड हुने सडक सुनसान छन् । कुकुरका हुल खानाको खोजीमा भौँतारिरहेका छन् भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय