April 3, 2020

कोरोना विरुद्दको औषधी पत्ता लाग्यो, बैज्ञानिकले गरे मुसामा सफल परिक्षण!

प्रकाशित : २०७६ चैत २१ गते काठमाडौं। युनिभर्सिटी अफ पिटसबर्गको स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको जनावरमा गरिएको प्रारम्भिक परीक्षणमा सफता प्राप्त गरेको बताएका छन् । मुसामा गरीएको परीक्षणमा भ्याक्सिनले शरीरमा कोभिड–१९ विरुद्ध लड्ने विशेष एन्टिबडी उत्पादन गरेको पाइएको हो । अनुसन्धानकर्ताहरुका अनुसार मुसाले भाइरसलाई मार्न पर्याप्त एन्टिबडी उत्पादन गरेको जानकारी दिएका छन् ।

मिडभिले ट्रिब्युनका अनुसार अनुन्धानकर्ताहरुले आफ्नो शोधपत्र बेलायतको प्रतिष्ठित मेडिकल जर्नल ल्यान्सेटले प्रकाशित गर्ने इबायोमेडिसिनमा प्रकाशित गरेका छन् । अनुसन्धानकर्ताहरुले अब आफूहरुले युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रिेसनबाट अनुमतिको प्रतिक्षा गरिरहेको जनाएका छन् ताकि मानवमा भ्याक्सिनको परीक्षण गर्न सकियोस् ।

अनुसन्धानकर्ता डा. एन्ड्रिया गाम्बोट्टोका अनुसार अनुसन्धानकर्ताहरुले पहिल्यैदेखि यस्तै किसिमको भाइरसविरुद्ध प्रयोग हुने भ्याक्सिनमा काम गरिरहेकोले यति छिटो भ्याक्सिन विकसित गर्न सफल भएका हुन् । ‘हामीले यसअघि नै २००३ मा सार्स र २०१४ मा मर्स भाइरसको प्रकोप देखिसकेका थियौं’ गाम्बोट्टोले भनिन् ‘यी दुई भाइरसहरु कोभिड १९ सँग मिल्दोजुल्दो थिए । यसबाट हामीले यो भाइरस नियन्त्रण गर्न कसरी लड्नुपर्छ भन्ने पत्ता लगाउन सक्यौं ।’

अनुसन्धानकर्ताहरुले यो भ्याक्सिनलाई ‘पिटकोभ्याक’ नाम दिएका छन् जुन पिटसबर्ग कोरोनाभाइर भ्याक्सिनको संक्षिप्त रुप हो । भ्याक्सिन निर्माणमा प्रयोगशालामा बनाइएको भाइरल प्रोटिनको प्रयोग हुन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । उसको प्रक्रिया फ्लुविरुद्ध वार्षिक रुपमा दिइने भ्याक्सिनको जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित