बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्। थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छिन् ।

रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका आफ्ना पतिको उपचार नपाएरै मृत्यु भएको दाबी रीताकोे छ। ‘चार दिनअघि आफैं रिक्सा चढेर हाँसीखुसी अस्पताल जानुभएका मेरा पतिलाई अस्पालले उपचारै नगरेर मारेको हो, मलाई न्याय चाहियो, गल्ती गर्नेलाइ कारबाही हुनुप¥यो,’ रीताले भनिन्।
दाजु विमलले पनि भाइ बाबुरामको मृत्युको कारण अस्पतालले बताउनुपर्ने तथा दुई छोराको पढाइ खर्च र बुहारीलाई नोकरीको व्यवस्था गरिदिनुपर्ने बताए। ‘भाइ त अब फर्केर आउँदैन तर अस्पतालकै लापरबाहीले सहाराबिहीन भएकी बुुहारी र छोराहरुको त बिजोग हुनु भएन नि’, विमलले भने।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय