April 2, 2020

कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडौं उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

काठमाडौं,  भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि एक व्यक्ति एक बेडको अवधारणा अनुसार क्वारेन्टाइन निर्माण गरेका हुन् । उपत्यकास्थित १८ वटा नगरपालिकाभित्र गत तीन सातामा एक हजार २० जना विदेशबाट फर्किएका छन् भने एक हजार १९१ क्वारेन्टाइन बेड निर्माण भएका छन् ।

ती नगरपालिकाले आआफ्नो नगरपालिकाभित्र भएका अस्पतालसँग आपसी समन्वय गरी २८६ बेडको आइसोलेसन वार्ड निर्माण गरेका छन् । 

यहाँका सबै स्थानीय तहले विदेशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने हो भने कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना नदेखिने जानकारहरूको भनाइ छ । उक्त नगरपालिकाले सामुदायिक विद्यालय, कलेज, सामुदायिक भवन, स्वास्थ्यचौकी र क्लबका भवनमा कोरोना भाइरसका लक्षण देखिएका सङ्क्रमित व्यक्ति राख्नका लागि अग्रिम रूपमा क्वारेन्टाइन निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय