March 31, 2020

८७ हजार ग्यास सिलिन्डर वितरण

नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ । यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास सिलिन्डर वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

उपाध्यायले भने, “भारतबाट ग्यास पेट्रोल आयात भइरहेकै छ, हामीले बजारमा पठाएका पनि छौँ तर ग्यास पाएनौँ भन्ने पनि हुनुहन्छ त्यसैले पठाएको ग्यास कहाँ गयो भनेर हामीले डिलरसँग दैनिक विवरण माग गरेका छौँ, दैनिक विवरण आउन थालेको छ, ग्यास पाएनौँ भन्नेहरूको समस्या समाधानका लागि नै दैनिक विवरण लिएर काम गरेका छौँ, ग्यासको अभाव छैन, ग्यास पाइन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय