March 30, 2020

सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ

नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा नरेन्द्र कार्कीले लेखेका छन् ।

यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र बझाङका नेपाली मजदुर ट्युबमार्फत घर फर्किएका हुन् । दुवै देश लकडाउन भइरहेको बेला भारतमा रोकिएर रहेका नेपाली ट्युबमार्फत घर फर्किएको स्थानीय बताउँछन् ।

ट्युबमा चढेर दिनहुँ  नेपाली मजदुर भित्रिएका छन् । प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर उनीहरू नेपाल प्रवेश गरेको एक स्थानीयले बताए । मालिकार्जुनको बाकु, गराडी, चुकिला डिन्सीलगायत क्षेत्रबाट रातको समयमा भारतबाट स्थानीय ट्युबमार्फत नेपाल आउने गरेको स्रोतको दाबी छ ।

त्यहीँका स्थानीयले अहिले विपद्को समयमा आम्दानीको स्रोतका रूपमा ट्युब बनाएका छन् । उकु बाकु हुँदै शुक्रबार राति २५ जना र शनिबार सोही संख्यामा मजदुर घर फर्किएको मालिकार्जुनका स्थानीय हीरासिंह धामीले जानकारी दिए । चेकजाँचबिना उनीहरू गाउँ पसेपछि गाउँमा जोखिम बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय