अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य कोरोनाका कारण मानसिक समस्या पनि बढेको बताउँछन् ।
तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक भएको भन्दै उनी भन्छन्, “पहिलेदेखि चिन्तामा रहेकालाई यस्तो बेला समस्या पर्न सक्छ ।” कतिपयले मानसिक अवस्थामा आएको समस्या समाधान गर्न मदिरा सेवन पनि गर्ने गरेको उनको भनाइ छ ।
यस्तो बानी ठीक नभएको उनको सुझाव छ । आफूले हालै गरेको उपचार सम्झँदै डा. शाक्यले भने, “२१ वर्षे एक युवकले आफूलाई पनि कोरोना लाग्छ भनेर घरभरि सामान फाल्ने गरेपछि परिवारले अस्पताल ल्याएको र परामर्शपछि घर लगे ।” कोरोना लाग्नेबित्तिकै मानिस मर्छ भन्ने भ्रमले पनि मानसिक समस्या आउने गरेको उनको अनुभव छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय