मंगलवारबाट सरकारले मुलुक १ हप्ता ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)ले टेन्ट क्वारेन्टाइन बनाउनेदेखि थप स्वास्थ्य सामग्री खरीदका लागि बोलपत्र आह्वानसम्मको तयारी तीव्र बनाएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छिन् ।

नेपाली सेनाले पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पीपीई), भेन्टिलेटर, एन–९५ मास्क खरीदका लागि बुधबार बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यी सामग्री तथा उपकरणका लागि सरकारले रू. १० करोड दिएको र सेनाको कल्याणकारी कोषका साथै आन्तरिक बजेटबाट रू. ७ करोड व्यवस्था गरिएको बताए । सेनासँग ३ हजारको हाराहारीमा रहेको पीपीई सम्बन्धित निकायमा वितरण गरिएको र हाल सेनासँग १५० पीपीई स्टकमा रहेको बताए ।
त्यस्तै, सशस्त्रले कोभिड–१९ को उपचारका लागि स्थापना गरिने आईसीयू वार्डका लागि आवश्यक उपकरण तथा सामग्री खरीद गर्न आइतवार नै खरीद प्रस्ताव आह्वान गरिसकेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय