March 24, 2020

कोरोनाका कारण श्रीमानकाे मृत्यु, श्रीमतीले फेसबुकमा लेखिन्- ‘लडाईं समाप्त भयो’

संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या बढ्दो छ । संसारका थुप्रै देश अहिले कोरोनासँगको युद्धमा छ । तर सबैभन्दा शक्तिशाली देश मानिने अमेरिकामाथि विभिन्न प्रश्न तेर्सिएका छन् । 

अमेरिकामा कोरोना भाइरसको कम परीक्षण भएको भन्ने खबर लगातार आइरहेका छन् । यस्तै, एक यस्ता व्यक्तिको मृत्यु भएको छ जसलाई डाक्टरले कोरोना भाइरसको परीक्षण गर्न तीन पटक अस्विकार गरेका थिए ।

डेली मेलको खबर अनुसार अमेरिकाको मिसौरीमा बस्ने ७४ वर्षका डेनिस विलसन पहिलो पटक मार्च १२ मा बिरामी भएपछि अस्पताल गएका थिए ।

उनकी श्रीमती जोनाका अनुसार उनी डाक्टरलाई भेट्न तीन पटक अस्पताल गएका थिए तर बिरामी हुँदासमेत उनको स्वास्थ्योपचार गरिएन ।

उनको शरीरमा खासै धेरै लक्षण नदेखिएकोले परीक्षण आवश्यक नभएको  भन्दै डाक्टर पन्छिएको  उनकी श्रीमतीले जानकारी दिइन् । पछि उनी असाध्यै बिरामी भएपछि एम्बुलेन्समार्फत् अस्पताल पुर्याएको श्रीमतीले बताइन् ।

तर शनिबार डेनिसको मृत्यु भयो । उनकी श्रीमतीले फेसबुकमा लेखिन्, ‘लडाईं समाप्त भयो ।’

यस्तै डेनिसजस्तै अमेरिकाका धेरै मानिसहरुले कोरोना भाइरसको परीक्षण नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अमेरिकाका प्रभावशाली जनता, सेलिब्रिटी, नेता र धनाढ्यले निकै सजिलै कोरोना भाइरसको परीक्षण गराइरहेका छन् ।

बास्केटबल असोसिएशनका थुप्रै समूहले आफ्ना सबै खेलाडीको कोरोना भाइरस परीक्षण गराएको छ ।

जोनाका अनुसार मार्च १५ मा डाक्टरले डेनिसको एक्सरे परीक्षण गर्दा उनी निमोनियाबाट पीडित भएको थाहा पाएका थिए । डाक्टरले उनलाई कोरोना भाइरसको संदिग्ध भएको थाहा पाउँदा पाउँदै पनि कोरोना भाइरसको परीक्षण नगरेको जोनाले आरोप लगाइन् । 

पछि उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । जोनाका अनुसार उनको श्रीमान्ले मृत्यु अघिको एक हप्ता निकै पीडामा बिताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि